कालीकोटमा जिप दुर्घटना, ८ जनाले घटनास्थलमै गुमाए ज्यान

आइतबार, २५ कार्तिक २०८१

काठमाडौँ – कालीकोटमा जिप दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो पलाँता गाउँपालिकामा जिप दुर्घटना भएको हो । मृतकको नाम र पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलतर्फ प्रहरी र सेनाको टोली गएको र थप विवरण आउन बाँकी रहेको छ ।

पलाँता गाउँपालिका–३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ ।