अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्ड नेपालमा, रक्षामन्त्रीको संकास्पद भूमिका

सोमबार, २६ कार्तिक २०८१

काठमाडौँ – रक्षामन्त्री मानवीर राईले अमेरिकी सेनाको कमाण्डो फोर्ससँग भेटघाट गरेको खुलासा भएको छ । मन्त्री राइले अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेण्ट जर्नेल जोसह्वा एम. रुडसहितको कमाण्डो फोर्ससँग भेटघाट गरेपछि राई विवादमा तानिएका छन् ।

मन्त्री राईसँग आइतबार रक्षा मन्त्रालयमा भेटवार्ता गरेका थिए । सो क्रममा दुईपक्षीय सम्बन्ध, सैन्य सहयोग आदानप्रदान र थप सहकार्यबारे विचार विमर्श भएको बुझिएको छ ।

अमेरिकी सैन्य रणनीतिअन्तर्गतको इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल रुड नेतृत्वको चार सदस्यीय टोलीमा लेफ्टिनेन्ट कर्णेल ब्राण्डन क्रुपा, दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका लागि रणनीतिकार तथा नीति सल्लाहकार रमा मुत्याला,राजनीतिक सल्लाहकार सेहजी खान र सञ्चार अधिकृत डस्टिन ह्विटाकार थिए ।

टोली अमेरिकी वायुसेनाको कल साइन निन्जा ९८ वाला मील एअर विमानमा शुक्रबार दिउँसो आएको हो । यता पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजै वर्तमान केपी ओली नेतृत्वको सरकार सत्ता जोगाउन राष्ट्रिय स्वाधीनतामा सौदाबाजी गर्न लागेको गम्भीर आरोप लगाएका थियो ।

मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीमा बोल्दै दाहालले अमेरिकाको राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपिपी) सम्झौताका लागि अमेरिकालाई सैद्धान्तिक सहमति दिइसकेको कुरा बाहिर आएको दाबी गरे । यसबाट नेपालको राष्ट्रिय स्वाधिनता कमजोर हुने उनको भनाई छ ।