पार्टी सभापति रवि लामिछानेले पाएको अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई

बुधबार, २८ कार्तिक २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनका उमेदवारको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको छ ।

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उमेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी बुर्लाकोटीलाई दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

असोज १३ गतेको बैठकले टिकट दिने अधिकार सभापति रवि लामिछानेलाई दिएको थियो ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेपछि टिकट बाँड्ने अधिकार बुर्लाकोटीलाई दिइएको हो । मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।