कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको प्रसाईँको खुलासा

मंगलबार, ४ मंसिर २०८१

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेकोखुलासा गरेका छन्  ।

प्रसाईले एक भिडिओ सार्वजनिक गर्दै ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको खुलासा गरेका हुन्  । उनले भिडिओमा विभिन्न प्रमाणहरुसमेत समावेश गरेका छन् ।

साथै, अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा रहभागी हुन त्यहाँ गएको र उनले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रसाईँको दाबी छ ।

ओलीले लगानी गरेको अमेरिकी डलरको नेपाली मूल्य साढे ३२ अर्ब भन्दा धेरै हुन्छ ।