भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठोक्यो

आइतबार, ९ मंसिर २०८१

काठमाडौँ – ललितपुरको सानेपामा भारतीय नम्बरको ट्रकले चारवटा गाडीलाई ठक्कर दिएको छ । ट्रकको ठक्करबाट दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भारतीय नम्बर युपी–४० टि–८१६२ ले ट्रकले सुरुमा बागमती–बिएए–५१४० नम्बरको निजी कारलाई ठक्कर दिएको थियो । सो कारको पछाडि सिटमा सवार दुईजना घाइते भएका छन् ।

त्यसपछि सो गाडी एकान्तकुनाबाट बल्खु जाँदै गरेका बा २ ज २६१ नम्बरको ट्याक्सी, बा २० च ४२६२ नम्बरको कार, र बा ९ च ९३०३ नम्बरको निजी कारमा ठोक्किएको थियो ।

दुर्घटना गराउने ट्रकका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । घाइतेहरूको स्टार अस्पताल र बिएण्डबीमा उपचार भइरहेको छ ।