ब्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडा भिड्दै

शुक्रबार, १४ मंसिर २०८१

काठमाडौँ – ब्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडाबारे सयौं मिमहरु बनेका छन् । एनपिएलमा कर्णाली याक्स र काडमाडौँ गुर्खाजबीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । सिसन कर्णाली याक्सको युथ ब्राण्ड एम्बेस्डर बनेका छन् भने श्रृंखला काठमाडौँ गुर्खाजको व्यवस्थापक हुन् ।

कुनै बेलाका जोडी अहिले दुई कित्तामा उभिएर आ–आफ्नो समूहको प्रचार गरिरहँदा क्रिकेट समर्थकहरुले सामाजिक सञ्जालमा कर्णाली याक्स र काठमाडौँ गुर्खाजबारे सयौँ मिमहरु बनिरहेका छन् ।

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) नजिकिँदै गर्दा फ़्रेञ्चाइज टिमले तयारी तीब्र पारेका छन् । आठवटै टिमले जिंगल, पोशाक, खेलाडी र प्रशिक्षक सार्वजनिक गरिसकेका छन् । तर, कर्णाली याक्स र काडमाडौँ गुर्खाजको भने केही दिनयता सामाजिक सञ्जालमा चर्चा बढी छ ।

यी दुई टिमको चर्चा बढ्नुको एउटा कारण हो– ब्लगर सिसन बानियाँ र पूर्वमिस नेपाल श्रृंखला खतिवडा ।

सार्वजनिक भइसकेको विषय सिसन र श्रृंखला कुनैबेला प्रेम सम्बन्धमा थिए । तर, अहिले उनीहरू आ–आफ्नो बाटोमा छन् । श्रृंखलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा सम्भव सिरोहियासँग विवाह गरिसकेकी छिन् सिसनको नाम अर्की एक युवतीसँग जोडेर चर्चा हुने गरेको छ ।

यसैबीच कर्णाली याक्सको युथ ब्राण्ड एम्बेस्डरमा सिसन अनुबन्धित भएका छन् । यससँगै धेरैले काठमाडौँ गुर्खाजलाई पनि सिसनसँग जोडेको पाइन्छ । किनकी यो क्लबमा सिरोहिया परिवारको लगानी छ । र, श्रृंखलाले नै क्लब व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी छिन् ।