शेरबहादुर देउवाको घर अगाडि बम राख्ने पक्राउ
काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन्
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि बम राखेको आरोपमा गौरीगङ्गा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भदौ ९ गते बम राखेको आरोपमा झन्डै तीन महिना पछि धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिएका हुन् ।
‘ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि शुक्रबार पक्राउ गरिएको हो ’ प्रहरी उपरीक्षक बिष्टले भने, ‘पक्राउ पछि म्याद थप समेत भइसकेको छ ।’