एमाले संसाद भट्टचनमाथि लाग्यो एक महिलाको धनसँगै ‘सर्वश्व लुटेको’ आरोप

आइतबार, १६ मंसिर २०८१

काठमाडौँ – नेकपा (एमाले) सांसद देवि प्रसाद भट्टचनमाथि एक महिलाको धनसँगै ‘सर्वश्व लुटेको’ आरोप लागेको छ । भट्टचनकै घनिष्ठ मित्र कुसुम लामाले आफ्नाो २७ करोड रूपैयाँभन्दा बढी ठगेको आरोप लगाउँदै नेपाल राष्ट्र बैंकलगायत विभिन्न निकायमा उजुरी दिएकी छन् ।

प्रभु म्यानेजमेन्टका पूर्वअध्यक्षसमेत रहेका भट्टचनले सहकारीबाट लिएको रकम तिर्न आनाकानी गरेपछि उनीहरुबीचको विवाद उत्कर्षमा पुगेको हो । विगतमा उनै देवीद्वारा सबै ठाउँमा अगाडि सार्दै माथि पुर्‍याइएकी कुसुम लामाले करोडौं अपचलनको आरोप  लगाएपछि मामिला ‘पेचिलो’बनिरहेको छ

प्रभु म्यानेज्मेन्टकी अध्यक्ष कुसुम लामाले राष्ट्र बैंकलगायत विभिन्न निकायमा उक्त ठगीबारे उजुरी र बोधार्थ दिएर अहिले स्वयं विभिन्न सहकारीलाई झण्डै ३० करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने झमेलामा पुगेपछि सम्पर्कमा रहन छाडेकी छन् ।

बैंकिङ क्षेत्रका लोकप्रिय उनीहरूबीचको सम्बन्ध एक वर्षदेखि पानी बाराबारको अवस्थामा रहेको बुझिएको छ  । भटट्चन निकटस्थहरूले कुसुमले ‘ब्ल्याकमेलिङ ’गरेको आरोप लगाएका छन् । उता, लामाका आफन्तहरुचाहिँ देवीले उनको धनसँगै ‘सर्वश्व लुटेको’ भन्ने गर्छन् ।

प्रभु म्यानेज्मेन्टको अध्यक्ष पहिले भट्टचन थिए । पछि लामालाई बनाइयो । कुनै समय भट्टचन प्रभु बैंकको अध्यक्ष थिए भने लामा सञ्चालक । भदौ २६ गते लामाले हालेको उजुरी सम्बन्धमा राष्ट्र बैंकको गुनासो सुनुवाई इकाइका कर्मचारीले भेटघाट गरेका थिए ।