राज सिग्देलको “हिम्मत”मा हरि कल्पना र रविनको अभिनय
काठमाडौँ – गायक राज सिग्देलको आवाजमा “हिम्मत” बोलको गीत सार्वजनिक भएको छ । उनले गाएका गीतमा पीडा बढी मिसिएको हुन्छ । वीवी थापाको शब्द रहेको यस गीतमा दिपक सिलवालको संगीत छ ।
गीतको छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीले गरेका हुन् भने गीतमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।
https://youtu.be/xFA2I9Uq_J4