एनआरएनए आसन्न निर्वाचनः व्यवसायी कुशियत साझा प्रत्यासी

आइतबार, २९ बैशाख २०७६

अमेरिका – गैर आवासिय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा युथको अर्डिनेटरका प्रत्यासी युवा व्यवसायी प्रितम कुशियत,अध्यक्षका प्रत्यासी सूर्य लम्साल र संजय थापा टीमको साझा उम्मेद्वार भएका छन्।
यूथको अर्डिनेटरका प्रत्यासी कुशियतले थापा र लम्साल दुवैले आफुलाई साझा उम्मेद्वार स्विकार गरेको बताए। ूमेरो उद्धेश्य युवा र व्यवसायिक व्यक्तिहरुलाई एनआरएनए अभियानमा संलग्न गराउने हो यसकारण दुवै टिमले मलाई रोजेका हुनू कुशियतले प्रतिकृया दिदै भने ।