फोटो पत्रकार पूर्णिमा श्रेष्ठले राखिन् विश्व कीर्तिमान

सोमबार, १५ पौस २०८१

काठमाडौं – नेपालकी कीर्तिमानी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठे सीएनएनको ‘उत्कृष्ट एथ्लेट’ को सूचीमा पर्न सफल भएकी छन् । सन् २०२४ मा एउटै आरोहण सिजनमा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गरेकी नेपाली आरोही पूर्णिमा विश्व प्रसिद्ध समाचार संस्था सीनएनएको ‘उत्कृष्ट एथ्लेट’ को सूचीमा पर्न सफल भएकी हुन् ।

सीएनएनले पूर्णिमाले दुई सातामा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउँदै इतिहास रचेको उल्लेख गरेको छ । सीएनएनले यो उपलब्धि केवल १३ दिनमा हासिल गरेको भन्दै फोटो पत्रकारसमेत रहेकी पूर्णिमालाई सूचीमा राखेको हो ।

सन् २०२४ मा विश्वभरिमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् । कीर्तिमानी आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सीएनएनको उक्त सूचीमा परेको बताउँदै आफूले गौरवान्वित महसुस गरेको उल्लेख गरेकी छन् ।

आरोही श्रेष्ठले भनेकी छन्, ‘यो वर्ष, म एउटै आरोहण सिजनमा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एक मात्र महिला बन्न सफल भएँ । यस यात्रामा मलाई साथ र हौसला दिने मेरो परिवार, साथीहरू र तपाईंहरू सबैलाई धन्यवाद । आउँदो वर्ष सन् २०२५ अझ नयाँ उचाइहरू र साहसिक यात्राहरूको वर्ष बनोस् भन्ने शुभकामना व्यक्त गर्छु ।’

सीनएनएनले विश्वका चुनौतीपूर्ण तथा साहसिक प्रदर्शन गर्ने सूचीमा नेपाली आरोही श्रेष्ठ’ एउटै सिजनमा त्यो पनि १३ दिनमा तीनपटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान तोड्दै पूर्णिमाले यो वर्ष इतिहास रचेको बताएको छ । सीनएनएनको सामग्रीमा आरोही श्रेष्ठले भनेकी छन्, ‘मेरो शरीर थकित थियो । म आफैंलाई आफू मूर्ख केटीजस्तो लागिरह्यो । मैले यो महŒवाकांक्षा त्याग्ने ’दयगतमा पनि सोचकी थिएँ । यो अभियानको लागि ठूलो खर्च तिर्नुपरेको थियो । तर, मैले सपना देखेँ र सफल भएँ । मैले मेरो सपनामा जोड दिएँ । मेरो सपनामा ध्यान केन्द्रित गर्नु सबैभन्दा कठिन थियो ।’

पूर्णिमाले सन् २०२१ मा पासाङ ल्हामु शेर्पा अकितासँग सातौं अग्लो हिमाल धौलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको रेकर्ड पनि राखेकी छन् ।