प्रधानमन्त्री ओलीलाई झट्का, नेकपाको गढमा काँग्रेस बहुमत सहित विजयी

आइतबार, २९ बैशाख २०७६

काठमाडौं – नेकपाको गढ मानीएको दालखा जिल्लाको उधोग बाणीज्य संघमा काँग्रेस ईन्द्र बहादुर श्रेष्ठ विजयी भएका छन । नेकपाको बलियो पकड रहेको दोलखामा काँग्रेस निकट लोकतान्त्रीक प्यानलका व्यवसायीको जितलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

आज आएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले प्रतिस्पर्धी प्रगतिशील प्यानलका सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराउदै अध्यक्ष पदमा विजयी भए । ८ सय ५ मत खसेको मध्ये श्रेष्ठले ४०३ र कार्कीले ३ सय ६७ मत ल्याए ।

श्रेष्ठलाई कांग्रेस र कार्कीलाई सत्तारुढ नेकपाको समर्थन थियो । दोलखाका संसदीय निर्वाचनदेखि अन्य पेशागत संघसंस्थाहरुमा समेत नेकपाकै बर्चस्व रहदै आएको छ । उद्योग बाणिज्य संघको नेतृत्वमा आउन समेत नेकपाले निकै मेहनत गरेपनि अन्तत कांग्रेस निकट उम्मेद्वार हाबी भए ।

१६ सदस्यीय कार्यसमिति मध्ये श्रेष्ठ प्यानलबाट बहुमतसहित १० जना बिजयी भए भने कार्की प्यानलका ६ जना विजयी भए ।