म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगे
भदौ १२, काठमाडौं – म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । चौथो बिमस्टेक बैठकमा सहभागी हुन राष्ट्रपति मिन्ट काठमाडाैं अाएका हुन् । मिन्ट २ -४५ बजे नेपाल आइपुगेका छन्। राष्ट्रपति मिन्टलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् ।
बिमस्टेक बैठक १४ र १५ गते काठमाडौंमा हुँदै छ । बैठकको आतिथ्यता गरिरहेको नेपालले सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी गरेको छ ।