बिपक्षी दलहरुलाई पेलेरै विधेयकहरू पास गर्ने ओली देउवाको तयारी
काठमाडौं – प्रतिनिधिसभामा विचाराधीन विधेयकलाई छिटो टुंगोमा पुर्याउन भनेर सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले गृहकार्य अगाडि बढाएका छन् ।
नेकपा एमालेले मंगलबार संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने फोकल पर्सन तोक्दै बिपक्षी दलहरुले अबरोध गर्न खोजे पेलेरै भएपनि बहुमतबाट पास गर्ने ओली देउवाको तयारी रहेको बुझिएको छ ।
कांग्रेसका शीर्ष नेताहरूले पनि बुधबार विधेयकमाथि दफावार छलफल गरिरहेका संसदीय विषयगत समितिका सदस्यहरूसँग छलफल गरेका छन् ।
‘सत्तारुढ दलले साझा धारणा तय गरेपछि अन्य दलसँग पनि छलफल गर्ने र सकेसम्म सहमतिमै विधेयकहरू पास गर्न खोज्छौं नसके लोकतान्त्रिक प्रक्रिया पनि अपनाउनुपर्ने हुन सक्छ,’ कांग्रेस नेताहरुको भनाइ छ ।
संघीय संसद सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा १६ वटा विधेयक बिचाराधीन् छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा चार वटा विधेयक छ । संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलमा छ ।