नेकपाकी स्थायी समिति सदस्य शिलु सीको नेतृत्वमा ‘राज्य व्यवस्था विभाग’ गठन

बिहिबार, १८ पौस २०८१

काठमाडौँ – नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज उमा सी शिलुको संयोजकत्वमा ‘राज्य व्यवस्था विभाग गठन गरेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

केन्द्रीय नेताहरू कपिल सी, दिनेश सीसमेत रहेको तीन सदस्यीय विभागले सुरक्षाकर्मी, कर्मचारी, गैसस, बौद्धिक व्यक्तित्व, व्यापारिक- व्यवसायिक व्यक्तित्वहरुसँग सम्वाद गर्नेछ ।

राष्ट्रियता र जनतन्त्रको लागि सहकार्यको वातावरण तयार गर्नेछ र पार्टीमा नीति निर्माणको लागि प्रतिवेदन प्रस्तुत लक्ष्य लिएको जनप्रचार तथा प्रकाशन विभाग इञ्चार्ज अनिल सीले बताएका छन् ।

नेकपाको केन्दीय समिति बैठक सकिएसंगै निर्णयहरुलाई प्रभावकारी कार्यान्वन गर्न स्थायी समिति सदस्यहरुको नेतृत्वमा बिभिन्न समितिहरु निर्माण गरिरहेको छ।