भरत सीको नेतृत्वमा एमसीसी सरोकार समिति गठन
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ‘रणवीर’को नेतृत्वमा ‘एमसीसी सरोकार समिति’ गठन गरिएको छ । नेपालमा अमेरिकी नेतृत्वमा एमसीसी कार्यान्वयन हुन गइरहेको भन्दै त्यसलाई रोक्न नेकपाले समिति निर्माण गरेको हो ।
एमसीसी सरोकार समितिमा पार्टीका केन्द्रीय सदस्यहरु विपिन सी र सुदर्शन सी रहेका छन् । यस समितिले एमसीसीविरोधी शक्तिहरुसँग बृहत ढंगले छलफल गर्ने र एमसीसीविरुद्ध काठमाडौंमा बृहत अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको छ ।
यसका साथैं यस समितिले एमसीसीविरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णयसमेत गरेको छ ।