शेरा दरबार काण्डले तनावमा प्रचण्ड
काठमाडौँ – भ्रष्टाचारका फाइल खोल्न थालेपछि आफ्नो सरकार ढलेको भन्दै भाषण गर्दै हिँडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेरा दरबार काण्डले तनावमा परेको छ।
सहकारी ठगी कान्डमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि राज्यले प्रतिशोध साँध्यो भन्ने प्रचण्ड यस्तो अवस्थामा आइपुगेका छन्, नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा पूर्वसचिवालय नै तानिने भएको छ। बहाल सचिवालय पनि कुनै न कुनै रुपमा संलग्न रहेको देखिन्छ।
हदबन्दीमाथिको जग्गा लुकाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व परिवर्तन हुँदै नाटकीय रूपमा शेरा दरबारको जग्ग प्रचण्डको पूर्वस्वकीय सचिव विकेश श्रेष्ठले नामा पुगेको छ।
हुन् त प्रचण्डले प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ‘शेरा दरबारको जग्गाबारे कानून विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस्, म सरकारलाई धन्यवाद भन्छु । शेरा दरबारमा दोषीलाई कारवाहीको दायरामा ल्याइयोस्,’ भने। यसो भनिरहँदा उनको मुहारमा बेचैन थियो।
किनकी प्रचण्ड २०६५ मा प्रधानमन्त्री हुँदा विकेश श्रेष्ठ स्वकीय सचिव थियो। त्यही बेला रचिएको योजनाअनुसार नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा श्रेष्ठको नाममा पुगेको थियो।