रवि लामिछानेका लागि आयो एकपछि अर्को खुशीको खबर

शनिबार, २० पौस २०८१

काठमाडौँ – रवि लामिछानेका लागि अर्को खुशीको खबर प्राप्त भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बहसमा सरकारले कमजोर अभियोग दर्ता गरेको भन्दै रवि पक्षका वकिलहरु उत्साहित भएका छन् ।

उनीहरूले यो हद म्याद नाघेर अनुसन्धान गरेको, सहकारीको ठगीको प्रमाण नल्याएको, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कमजोर दाबीसहित अभियोग लगाइएको जिकिर गरेका छन् । उनीहरुको जिकिर अनुसार रवि साधारण ताखिमा छुट्ने सम्भावना बढेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व पछाईले बहस गरेका छन् । जोशीका तर्फबाट बहस गरेका कानुन व्यवसायीले तीनरचार कुरा उठाएका छन् ।

उनीहरूले यो हद म्याद, सहकारीको ठगी भनेर हल्ला गरिए पनि पुष्टि हुने अभियोग नल्याएको, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कमजोर दाबीसहित अभियोग लगाइएको जिकिर गरेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा मुद्दा चलाइएका प्रतिवादी जोशीको तर्फबाट उनका कानुन व्यवसायीहरूले प्रतिरक्षाका क्रममा गोर्खा मिडियामा जीबी राईले सहकारीबाट पैसा लगेको थाहा नभएको तर्क गरेका छन् ।

‘रवि लामिछाने र छविले गितेन्द्रबाबु राई (जीबी) लाई कुन स्रोतबाट पैसा ल्यायौ भनेर सोध्न मिल्ने आधार विद्यमान कानुनमा छैन,’ उनीहरूले बहसका क्रममा भनेका छन्, ‘त्यसको स्रोत खोज्नुपर्ने मूल व्यक्ति लेखा परीक्षक हुन्, त्यसैले उनीविरुद्ध अभियोजन गरिनुपर्ने थियो ।’

स्रोतबारे थाहा पाउनुपर्ने कानुनी आधार नहुँदा-नहुँदै अभियोग लगाउनुलाई उनीहरूले प्रतिशोध भनेका छन् ।

‘छविलालले सहकारीबाट पैसा लिएको कुनै तथ्य भेटिएको छैन,’ अधिवक्ताहरूले बहसका क्रममा भने, ‘एक रुपैयाँ पनि नलिएको मान्छेलाई सम्पत्ति शुद्धीकरण अभियोग कसरी लगाइयोरु यो त हाँस्यास्पद भयो।’

रवि र छविले गरेका कारोबारका आधारमा सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको बताउँदै उनीहरूले तर सम्पत्ति बढे-नबढेको कुरा पनि अनुसन्धानका क्रममा नखोजिएको, नहेरिएको जिकिर गरेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, गोर्खा मिडियामा उनका पूर्वसाझेदार जोशीसहित ८ वटा कम्पनीसहित ६३ जनालाई मुद्दा चलाइएको छ ।