कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, सयौँ उद्यमी लाभाम्वित

सोमबार, २२ पौस २०८१

काठमाडौँ – कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । युएसएडसँगको साझेदारीमा बैंकको हात्तिगौडा शाखाले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा आयोजना गरेको महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रशिक्षण कार्यक्रममा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागीता रहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंंं. ४ का अध्यक्ष श्रीराम के.सीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नंंं. ४ मा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको लागि एकदिने उद्यमशीलता प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उदेश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम के.सी.ले बताए ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।