रविले बुझाए धरौटी, स्वास्थ्य परीक्षण गराएर छाडिदै
पोखरा – सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछानेले धरैटाी बुझाएका छन् । रविसँगै छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ ।
धरौटी बुझाएपछि रविलाई प्रहरीले आज छाड्ने भएको छ । कास्की प्रहरी स्रोतका अनुसार उनलाई स्वास्थ्य परीक्षण गराएर छाड्न लागिएको हो ।
स्रोतले भन्यो, ‘काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दा भएता पनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै भोलि उहाँ स्वयं काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाड्न लागेका छौं ।’