हर्कको पत्रले अख्तियारमा खैलाबैला

शनिबार, २७ पौस २०८१

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको जवाफले खैलाबैला मच्चिएको छ । उनीविरुद्ध श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजना निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियार दुरुपयोग तथा अनियमितता गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

अख्तियारमा उजुरीपछि सोधेको स्पष्टिकरणको जवाफ दिदै साम्पाङले ऐनविपरीत कुनै किसिमको काम नगरिएको दाबी गर्दै अरु उल्टै सल्लाह दिएपछि अख्तियारमा खैलाबैला मच्चिएको हो । ‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रमप्रतिको सम्मान र श्रमदान अनि योगदानको इतिहास हो। बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु, जे गर्दै छन् जनताले आफ्नै खर्चले गर्दै छन्’, उनले पत्रमा भनेका छन्, ‘सरकारी पैसा प्रयोग भएको छैन।

दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नुहुन्न। नेताहरूले विदेश भ्रमणमा कति खाए, कार्यकर्ताले सभा सम्मेलनमा कति खाए, राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदै छ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ।’

यस्तो छ साम्पाङको जवाफी पत्र