‘क’ वर्गका ११ बैंक डुब्ने हल्लाले बैंक क्षेत्रमा भूकम्प

बुधबार, २ माघ २०८१

काठमाडौँ – ‘क’ वर्गका ११ बैंक डुब्ने हल्लपछि बैंकिङ क्षेत्रमा भूकल्प गएको छ । व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् सेयर गर्दै असारपछि बैंकहरु डुब्ने दाबी गरेपछि बैंकिङ क्षेत्रमा भूकम्प गएको छ ।

थुप्रै वचतकर्ताले वचत फिर्ता गर्न सुरु गरेका छन् । प्रसाईंले डुब्छन् भनिएका बैंकहरु कुन कुन हुन ? त्यो भने खुलाएका छैनन् । उनले बैंकहरुको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।

‘‘नेपालका चर्चित क वर्गका बैंकहरु पनि असारपछि धमाधम ढल्छन् । प्रतिक्षा गर्नुहोस्, ती बैंकका नामावली चाँडै सार्वजनिक गर्नेछु ।’, प्रसाईंले लेखेका छन् ।

त्यस्तै, प्रसाईंले विगत १० वर्षदेखि आफूले भन्दै आएका सबै कुराहरु पुगेको भन्दै देशमा व्यापार व्यवसाय शून्य रहेको र युवाहरु रित्तिने क्रम जारी रहेकोसमेत बताएका छन् ।