अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौँ – अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परेर उनीसहित ४ जनाको मृत्यु भएको छ।
पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले गलत दिशाबाट चलाएका कारण कार ट्याक्सीसँग ठोक्किन पुगेको समाचार संस्था सेभेन न्युजले जनाएको छ। ठक्करका कारण ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ।
ट्याक्सीमा चालकसहित ८१ वर्षीया आमा र ५६ वर्षीया छोरी सवार थिए। सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए। दुर्घटनास्थलबाट २ किलोमिटर दुरीमा बस्ने उनका श्रीमती र सन्तान छन्।