स्वेट मार्डेनको सफलता सुत्र : आकांक्षालाई असम्भव नठान्नुहोस् !
काठमाडौं – यदि तपाईको जीवन असफलताको बादलले घेरिएको छ र भविष्यमा अन्धकार भरिएको देखिन्छ भने अलिकति पनि चिन्ता नगर्नुहोस् । आफ्नो इच्छामाथी दृढ रहनुहोस्, सफलताका लागि प्रयत्न गर्नुहोस तपाईले अवश्य पनि त्यसलाई पाउनुहुनेछ । सधै आफ्नो सफलताको विचारमा डुबिरहनुहोस् आफुलाइ उक्त भावी स्वप्नलोकमा बसिरहेको देख्नुहोस् । आफुसामु असफलताको विचार समेत आउन नदिनुहोस् । सधै सफलताको अभिलाष गर्दै एक दिन तपाईले साँच्चै त्यसलाई पाएको देख्नुहुनेछ ।
अभिनेता क्लिफ्टम क्राफोर्डले अमेरिकामा पहिलोचोटि आफ्नो अभिनय देआउँदै गर्दा फिल्म कम्पनीको एक प्रमुख सदस्यले उनलाई उनी त्यो क्षेत्रमा कहिल्यै सफल हुन नसक्ने भएकाले आफ्नो घर फर्किने सल्लाह दिएका थिए । तर यस कुराबाट अलिकति पनि निराश नभई युवक क्राफोर्ड अमेरिकामै बसेर अभिनय गरिरहे । परिणामस्वरुप केहि दिनमै उनि ब्राडवेको दुर्लभ पदवी ‘स्टार’ सम्म पुगे । न्युयोर्कमा यो असाधारण सफलता पाईसकेपछि उनले आफुलाई घर फर्कने सल्लाह दिने ती पुरानो मित्रसँग पनि भेटे ।
आफ्नो सम्पुर्ण मानसिक र शारीरिक शक्तिलाई आफ्नो इच्छापुर्तितर्फ लगाउनु र अर्काको कुरामा ध्यान नदिई केवल आफ्नो आत्माको आवाजमाथि हिँडिरहनु नै क्लिफ्टम क्राफोर्डको सफलताको रहस्य थियो ।
हृदयमा उत्पन्न हुने कुनैपनि दृढ अभिलाषा ईश्वरकै प्रेरणा हुने कुरा सम्झि राख्नुहोस् । त्यसको कहिल्यै उपेक्षा नगर्नुहोस् । आफ्नो अभिलाषादेखि डर नमान्नुहोस् । त्यसमा ईश्वरीय प्रेरणा लुकेको हुन्छ ।
आफ्नो आकांक्षालाई असम्भव ठानेर मोटाउने विचार नगर्नुहोस् । ईश्वरले त्यस्तो कुनै ईच्छा सिर्जना गरेको छैन, जसलाई पूरा गर्ने योग्यता तिमीमा नहोस् ।
अरु थुप्रै यस्तै-यस्तै उत्प्रेरणात्मक कथाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस ।