ट्रम्पको कदमले एक करोड १० लाख आप्रवासीको उठिबास

शनिबार, १२ माघ २०८१

काठमाडौँ – डोनाल्ड ट्रम्पको कदमले नेपाललगायत विश्व भरका झण्डै एक करोड १० लाख आप्रवासीको उठिबास लाग्ने भएको छ।
राष्ट्रपतिको सपथ गरेकैदिन ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्ने आप्रवासीबिरुद्ध इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने घोषणा गरेपछि उठिबास लाग्ने भएको हो।
शोही अभियान अन्तर्गत ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरेको छ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटका अनुसार ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको  समाचारसंस्था एएफपीले जनाएको छ ।

इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए । ट्रम्पले चुनावी अभियानका क्रममै अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने बताएका थिए ।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए । उनले आप्रवासीलाई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने घोषणा गरेका थिए ।