बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार प्रकरणको अर्को गम्भीर रहस्य खुल्यो

शनिबार, १२ माघ २०८१

काठमाडौँ – बलिउड अभिनेता सैफ अलि खानलाई मरणासन्न हुनेगरी भएको छुरा प्रहार प्रकरणको अर्को रहस्य खुलेको छ।
सैफमाथि हमला गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ सोधपुछ गर्दा घटनाको अर्को गम्भीर रहस्य खुलेको हो। प्रहरीका अनुसार आरोपी मोहम्मद शरीफुल इस्लाम शहजाद चोरी गर्ने उद्देश्यले घरभित्र पसेको भनिएतापनि उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको खुलेको छ ।

सैफमाथि जनवरी १५ मा बान्द्रास्थित उनको निवासमा चक्कु प्रहार गरिएको थियो। आक्रमणमा उनलाई ६ वटा चोट लागेको थियो।

प्रहरीका अनुसार, आक्रमणकारी केही दिन मुम्बईबाट भागेका थिए। उनी पछि पुनः मुम्बई फर्किएका प्रहरीले जनाएको छ। यी आरोपितलाई ठाणेको हिरामन्डी श्रम शिविरबाट पक्राउ गरिएको हो।

उनी पाँचरछ महिनाअघि मुम्बई आएको बुझिएको छ। उनी हाउसकिपिङ एजेन्सीमा काम गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ। हालै प्रहरीले सैफ अलि खानको बयान दर्ता गरेको छ।

बयानमा सैफले भनेका छन्, ‘म र करिना आफ्नो बेडरूममा थियौं। हामीले जहांगीरकी नैनी चिच्याएको सुन्यौं। आवाज सुन्नेबित्तिकै हामी जेहको रूममा गयौं। जहाँ एक व्यक्तिलाई देख्यौं। जेह रोइरहेका थिए। हमलावरलाई रोक्ने कोशिश गर्दा केहीबेर घम्साघम्सी भयो। हमलावरले आफूलाई छुट्याउन मेरो ढाड, गर्दन र हातमा चक्कु प्रहार गरे।’

छुरा प्रहार भएपछि अस्पताल भर्ना भएका बलिउड अभिनेता सैफ अलि खान ५ दिनपछि घर फर्किएका छन्।