युरोपबाट पनि ५ जना नेपाली डिपोर्ट

बुधबार, १६ माघ २०८१

काठमाडौं – स्पेनले ५ जना नेपालीलाई डिपोर्ट गरेको छ । अध्यागमन कानुन उल्लंघनको आरोपमा अनिल बिसी, चिरञ्जिवी शाही, प्रेमराजा बोहोरा, बेलबहादुर कार्की र लोकेन्द्र केसी रहेका छन् ।

उनीहरू पाँचै जना पासपोर्ड फ्याँकेर लुकिछिपी बसोबास गर्दै आएको पाइएपछि स्पेनको अध्यागमनले निष्कासन गरेको हो । कतार एयरलायन्सको जहाजबाट उनीहरू नेपाल आइपुगेका छन् ।

गत साता युरोपेली मुलुक स्पेनबाट ५ जना नेपाली निष्कासनमा परेका हुन्।

अध्यागमन कानुन उल्लंघन गरेको आरोप उनीहरूलाई स्पेनले निष्कासन गरेको हो। उनीहरू चारै जनासँग पासपोर्टसमेत नरहेको बताइएको छ।