खुशीले जित्यो कोरियाली विश्वविद्यालयहरुको प्रतिष्ठित अवार्ड, २० विश्वविद्यालयको एजेन्सी एप्रुभ
काठमाडौँ – खुशी इन्टरनेशनल कन्सल्टेन्सी एण्ड एजुकेशनल सेन्टरले कोरियाली विश्वविद्यालयहरुकोे प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना र सेवाहरूको लागि कोरियाली विश्वविद्यालय प्रशासक संघ (The korean university administrator’s association for international student s admission and services, KAIAS)बाट ‘एजेन्सी सर्टिफिकेट सिस्टम अवार्ड २०२५’ प्राप्त गरेको हो ।
यो अवार्ड प्राप्त गर्ने नेपालका शैक्षिक कन्सल्टेन्सीमध्ये खुशी पहिलो भएको बताइएको छ । आजसम्म नेपालका कुनै पनि शैक्षिक कन्सल्टेन्सीले यो अवार्ड प्राप्त नगरेको खुशीले जनाएको छ ।
यो अवार्ड प्राप्त गरेसँगै खुशीसँग झण्डै २० विश्वविद्यालयको संख्या थपिएको खुशीका निर्देशक अर्जुन भट्टराईले बताए । नेपालस्थित कोरियन दूतावासले एउटा इन्टेशकमा एक विश्वविद्यालयले ५० जना विद्यार्थीको ग्रुप भेरिभिकेशन गर्ने नीति लिएपछि विद्यार्थी मारमा परेका थिए । खुशीले पाएको सफलताले अध्ययनका लागि कोरिया जान तयारी अवस्थामा रहेर पनि एम्वेसीको डेट नपाएका विद्यार्थीलाई ठूलो राहत हुनेछ ।
खुशीले अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै कोरियाका विभिन्न विश्वविद्यालय भर्ना समेत गरिरहेको छ । यहाँ आएल्स, कोरियन भाषाका कक्षाहरु संचालित छन् । दक्ष तथा अनुभवि शिक्षकबाट कक्षा संचालन हुने खुशीमा टपिक लेभल र इपिएस कोरियन भाषाका स्पेसल कक्षाहरु पनि संचालित रहेको खुसीले जनाएको छ ।
