नेपाली बजारमा सुनको मूल्यले फेरी तहल्का पिट्यो
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ ।
आज चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।