बलिउड अभिनेता सलमान खानमाथि बज्रपात

आइतबार, २० माघ २०८१

काठमाडौँ – बलिउड अभिनेता सलमान खानमाथि बज्रपात परेको छ । उनले बहिनी बनाएकी श्वेता रोहिरा भयानक दुर्घटनामा परेकी छन् । रोडमा पैदल हिड्दै गर्दा मोटरसाइकले ठक्कर दिएको थियो । उनको अनुहारमा गहिरो चोट लागेको छ ।

श्वेता आफैले आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत यो जानकारी साझा गरेकी हुन्। श्वेता एक अभिनेत्री, लेखिका, चित्रकार र सोसल मिडिया इन्फ्लुएन्सर पनि हुन्। उनी पुलकित सम्राटकी पूर्वपत्नी पनि हुन् ।

वास्तवमा पुलकित टिभीमा काम गरिरहेको बेला सेटमा दुवैको भेट भएको थियो र त्यसपछि दुवैले केही समय एकअर्कालाई डेट गरेपछि विवाह गरे । तर, उनीहरूको सम्बन्ध लामो समय टिक्न सकेन र एक वर्षमै टुट्यो र उनीहरू अलग भए । श्वेता रोहिराले दुई दिनअघि आफ्नो इन्स्टाग्राममा पोस्ट सेयर गरेकी थिइन् ।

श्वेताले सुनिल थडानीको सर्ट फिल्म ‘परिणिती’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् ।