माधव नेपालले योगेश भट्टराईलाई फर्काए रन्थनिने जवाफ
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईलाई एकीकृत समजवादीका अध्यक्ष माधव कुमार नेपालले रन्थनिने गरि जवाफ फर्काएका छन्।
अध्यादेश जन्मिएको पार्टीले अध्यादेशको विरोध गरिरहेको भन्दै माधवलाई घोचपेच गरेपछि भट्टराईलाई नेपालले रन्थनिने गरि जवाफ फर्काएका हुन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अध्यादेशबाट जन्मिएको एकीकृत समाजवादीले नै अध्यादेशको विरोध गर्नु अचम्म लाग्दो रहेको बताएका थिए ।
योगेशको सो अभिव्यक्ति एकीकृत समाजवादी लक्षित थियो । एमालेबाट विभाजन भएर एस गठन भएको हो । उनले सो अभिव्यक्ति दिएपछि संसद्मा नै रहेका पूर्व प्रधानमन्त्ती नेपालले कुनैपनि प्रतिक्रिया दिएका थिएनन् । तर,आइतबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै योगेशको नाम नलिई ओलीको दाश भएर बस्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे भन्दै कटाक्ष गरेका हुन् ।
‘एमालेकै एक जना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबै भन्दा ठुलो आवाज उठाउने मध्ये थिए । उनलाई सबभन्दा बढ्ता पोलेछ । बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला । तर हामी दास हुन चाहेनौँ । हामी क्रान्तिकारी कम्युनिस्टको रूपमा अगाडि बढ्न चाह्यौँ’ नेपालले भनेका थिए ।