चौधरी ग्रुपमाथि बालेनको एक्सन
काठमाडौँ – पोस्टर टाँसेर क्यामेलु नामक चुरोटको विज्ञापन गर्ने वितरक कम्पनीलाई काठमाडौं महानगरले कारबाही गरेको छ। सेभेन ओसियन नामक वितरकलाई २५ हजार जरिवानासहित कारबाही गरेको हो।
देशको चर्चित व्यवसायीक घराना चौधरी ग्रुपले कानुन विपरित सूर्तिजन्य पदार्थको प्रवर्द्धन गरिरहेको हो। उक्त ग्रुप अन्तर्गत रहेको ‘पर्फेक्ट ब्लेन्डस् नेपालुले उत्पादन गर्ने ‘क्यामेलु ब्रान्डको चुरोटको कानुन विपरित प्रवर्द्धन गरिएको पाइएको हो।
चौधरी ग्रुपका विनोद चौधरी सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट सांसद् छन्। उनकै छोरा निर्वाण चौधरी उक्त कम्पनीको म्यानेजिङ डाइरेक्टर हुन्।
सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थको प्रवर्द्धनमा रोक लगाएको छ। तर, उक्त कानुन विपरित कम्पनीले चुरोटको प्रवर्द्धनका लागि भित्ता रंग्याउने, प्रचार सामाग्री झुन्ड्याउने, लाइटर लगायत उपहार दिने, रेस्टुरेन्ट तथा चिया पसलमा उक्त चुरोट इंगित गर्ने लोगोहरु झुन्ड्याउने र कतिपय पसलेलाई निस्शुल्क चुरोट उपहार समेत दिएको पाइएको छ।