भोली सार्वजनिक बिदा

सोमबार, २१ माघ २०८१

काठमाडौँ –  गण्डकी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले सूचना जारी गर्दै मङ्गलवार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएका छन् ।