सरकारबिरुद्ध प्रहरी नै आन्दोलित

मंगलबार, २२ माघ २०८१

काठमाडौँ – नेपाल प्रहरीले सरकार विरुद्ध आन्दोलनमा उत्रिने संकेत गरेको  छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको प्रहरीको प्रस्तावित ऐनका विरुद्धमा नेपाल प्रहरीको नेतृत्व आन्दोलित भएको छ ।

ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको प्रहरीको प्रस्तावित ऐनले गर्ने असर बारे प्रहरीले विद्येयकमाथि प्रारम्भीक चरणमा पूर्वआईजीपी मोतिलाल बोहोरा, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, शैलेश थापा क्षेत्री लगायतसँग छलफल चलाएएपछि यस्तो संकेत देखिएको हो ।

नेपाल प्रहरीको परिचालन र नियन्त्रणको अधिकार गृह मन्त्रालयसमक्ष लैजाने गरी प्रहरीको प्रस्तावित ऐन संसद्‍मा दर्ता भएपछि प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी प्रमुखहरूको साथ खोजेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले मंगलबार पूर्वप्रहरी प्रमुखहरूलाई बोलाएर प्रस्तावित ऐनमा उल्लेखित प्रहरीलाई थप कमजोर बनाउने किमिसका प्रावधानहरूबारे छलफल गरेका हुन् ।

छलफलमा सहभागी एक पूर्वप्रहरी प्रमुखका अनुसार, संसद्‍मा दर्ता नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकका केही प्रावधानहरूले प्रहरीलाई थप कमजोर बनाउने भएकाले त्यस विषयमा प्रहरी प्रधान कार्यालयमा छलफल भएको छ ।

‘विधेयकमा प्रहरीको परिचालन र नियन्त्रण (कमान्ड र कन्ट्रोल) को काम नै गृहतिर लैजाने प्रावधान आएपछि यसबारे बोल्नुपर्छ भन्ने भएर छलफल गरेको ति पूर्वप्रहरी प्रमुखको भनाई छ।