रवि लामिछानेलाई जीबी राईले फसाए
काठमाडौँ – गोरखा मिडिया नेटवर्कका संचालक जीबी राईले रवि लामिछानेलाई नक्कली हस्ताक्षर गरेर फसाएको खुलेको छ । चितवनको सहारा सहकारी ठगी प्रकरणमा ‘जिबीकै निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको’ बयान दिएका रविले सम्पूर्ण पैसा जिबीले बन्दोबस्त गरेको र खर्च पनि आफै गरेको बताएका छन् । वयानमा रविले जीविमाथि आफ्नो हस्ताक्षर चोरेर सहकारीको ऋण तिरेको आरोपसमेत लगाएका छन् ।
‘कम्पनीमा नगद प्रवाहको आवश्यकता पर्दा असुरक्षित कर्जाको नाममा निजले नै कम्पनीमा नगद प्रवाहको व्यवस्था गर्दथे’ उनले बयानमा भनेका छन्, ‘कम्पनी सुरु गर्दा गितेन्द्र बाबु राई र छविलाल जोशी सञ्चालक थिए, उनीहरूबीचको सल्लाह सहमतिबारे मलाई जानकारी छैन ।’
कुनै पनि कम्पनीमा स्थापनाको पहिलो वर्ष तुलनात्मक रुपमा धेरै खर्च हुने र त्यसकारण धेरै चेक काटिएको लामिछानेको तर्क छ । ‘नयाँ कम्पनीका अधिकांश खर्चहरू स्थापनाको पहिलो वर्षहरूमा हुने गर्दछन् । जस्तै भौतिक निर्माण, उपकरण खरिद, विभिन्न व्यक्ति एवं संस्थाहरूसँगको सम्झौता, कर्मचारी भर्ना लगायतका शीर्षकमा सबै भन्दा धेरै खर्च पहिलो वर्षमा नै हुने भएकाले मेरै कार्यकालमा सर्वाधिक चेकहरू जारी भएका हुन्’, उनले थपेका छन् ।
विश्वासबिना कुनै पनि नीजि कम्पनी चलाउन नसकिने र त्यहीँ विश्वास गरेर आफूले चेक काटेको उनको प्रष्टीकरण छ । गोर्खा मिडियामा सहकारीको पैसा भित्राउने योजनामा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याउँदै भनेका छन्, ‘यो एउटा विश्वास हो । कैयौँ अवस्थामा कार्य व्यस्तता बाबजुद कार्य सहजताका लागी खाली चेकहरूमा समेत हस्ताक्षर गरी छाड्ने अभ्यास थियो ।