अमेरिकाले गर्यो फेरी अर्का तिन जना नेपालीलाई निष्कासन
काठमाडौं – अमेरिकाले फेरि तीन जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी तरिकाले बसोबास गर्दै आएका गोपाल ठकुरी, राजकुमार रोका र राहुल थापा क्षेत्रीलाई निश्कासन गरेको हो । गोपाल र राजकुमारलाई एयर इन्डियाको जहाँबाट भारत हुँदै काठमाडौं ल्याइएको छन् भने राहुललाई सिंगापुर एयरलायन्सबाट फर्काइएको छ ।
स्रोतका अनुसार गोपाल र राजकुमार गैरकानुनी रूपमा अमेरिका बस्दै आएका थिए। पर्यटक भिसामा अमेरिका गएका राहुललाई भने लुकीछिपी बसेको आशंकामा पक्राउ गरी अमेरिकी अध्यागमनले नेपाल फर्काएको स्रोतको भनाइ छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन्। उनले अमेरिकामा गैरकानुनी तरिकाबाट बसिरहेका आप्रवासीहरूलाई निसानसमेत साधिरहेका छन्।
ट्रम्प प्रशासनले धमाधम त्यस्ता आप्रवासीहरूलाई पक्राउ गरी निष्कासन गरिरहेको छ। अफ्रिकीलगायत कतिपय देशका नागरिकहरूलाई अमेरिकी सेनाको जहाजाटै फिर्ता पठाइएको एजेन्सीहरूले उल्लेख गरेका छन्।