रवि लामिछानेको थुनछेक बहस चलिरहदा अदालत बाहिर ६ सय प्रहरी परिचालन 

बिहिबार, २४ माघ २०८१

काठमाडौँ – सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने बुधबार नै चितवन अदालत हाजिर भएका थिए । बयान सकिएलगत्तै थुनछेक बहस सुरु भएको थियो ।

तर बहस नसकिएपछि आज बिहान १० बजेदेखि पुनः बयान सुरु भएको छ ।

सम्भवतः आज फैसला आउने अदालत स्रोत बताउँछ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।