फेरि बिरामी परे प्रधानमन्त्री ओली
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। एक हप्ता अघि रुघाखोकीबाट ग्रसित ओली पुनः विरामी परेका हुन् ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि पूर्वनिर्धारित कार्याक्रम रद्द गरिएको छ भने भेटघाटसमेत बन्द गरिएको छ । ओलीलाई अत्याधीक ज्वरो, रुघाखोकी लगायत ब्लडप्रेसरमा पनि उतावचढाव देखिएको बुझिएको छ ।
प्रधानमन्त्री ओली दोश्रो पटक मृगौला फेरेपछि ठूलो बिरामी भने परेका छैनन् ।