युके पठाइदिन्छु भनी लाखौँ ठगेर फरार अधिकारी पक्राउ
काठमाडौं – युके पठाइदिन्छु भनी ठगी गर्ने धादिङका ५३ वर्षीय दिनेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ३२ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
अधिकारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख ५७ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।