सांसद र मेयरबीच सिंहदरबार भित्रै चर्काचर्की
काठमाडौँ – सिंहदरबारमा एक सांसद र मेयरबीच चर्काचर्की भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मधेश प्रदेशसभा सांसद लखनदास र बाराको पचरौता नगरपालिकाका मेयर जलनधर सिंहबीच चर्काचर्की भएपछि प्रहरीले हस्तक्षप गरेको छ ।
आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृत ल्याउन उनीहरुबीच विवाद भएको थियो ।
दिउँसो साढे १ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका उनीहरुबीच भएको भनाभन रोक्न प्रहरी नै पुग्नुपरेको बताइन्छ । दुबै पक्षका गरी आधा दर्जनको संख्यामा रहेकाहरु चर्को रुपमा प्रस्तुत भएपछि प्रहरी टोली मन्त्रालय पुगेको थियो ।
उनीहरु आफू अनुकूलको प्रशासकीय अधिकृत सरुवाको विषय लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको कार्यकक्षमा जाँदै थिए । प्रहरीको सिंहदरबार वृत्त र सिंहदरबार सुरक्षा गणको टोलीले अवस्थालाई सामान्य बनाएको बुझिएको छ थियो ।