एलन मस्कका सन्तानबारे नयाँ तथ्य बाहिरियो

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौँ – संसारकै धनाढ्य एलन मस्कका कति जना सन्तान होलान् रु ३, ५, ७ रु तपाईँको अनुमान विल्कुल गलत सावित भएको छ । उनका १२ जना छोराछोरी छन् । मस्कका तीन श्रीमतीबाट १२ सन्तान रहेको उनका सहयोगीहरुले बताएका छन् ।

सार्वजनिक रूपमा धेरै देखिने उनका छोराछोरीहरू X, AE, A-12लिटिल x हुन्। मस्क आफैंले आफ्नो चार वर्षीय छोरालाई भावनात्मक सहयोगु प्रदान गर्ने व्यक्तिको रूपमा बताएका थिए।

मस्कका जीवनीकार वाल्टर आइज्याकसनले ‘द डायरी अफ अ सीईओु पोडकास्टमा मस्क आफ्ना बच्चाहरूसँग निकै नजिक रहेको र भावनात्मक रुपमा गहिरो सम्बन्ध भएको बताएका छन्।

‘उनी आफ्ना बच्चा, आफ्ना प्रेमिका र श्रीमतीको खातिर आफूले सक्ने सबै गर्छन्। आफ्ना बच्चाहरूलाई सधैं आफ्नो वरिपरि राख्न मस्क मन पराउँछन्।, आइज्याकसनले भने।