डोनाल्र्ड ट्रम्पका कारण रोकियो नेपालले पाउने यतिठूलो सहायता

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौं – डोनाल्र्ड ट्रम्पले नेपालका लागि छुट्याएको ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहायता रोकेका छन् ।

एलन मस्कको नेतृत्वमा रहेको अमेरिका सरकारको दक्षता विभागका अनुसार संघीयता प्रवर्द्धनका लागि २ करोड डलर र जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाख डलर रोकिएको छ। सहायता कटौतीले नेपालको विकास परियोजनाहरूमा असर पर्नेछ ।

एलन मस्कको नेतृत्वमा रहेको अमेरिका सरकारको दक्षता विभाग (डिओजीई) ले एक्समार्फत यो जानकारी दिएको हो।

संघीयता प्रवर्द्धनका लागि २ करोड डलर र जैविक विविधता संरक्षणका लागि १ करोड ९० लाख डलर रोकिएको छ। यो निर्णय अन्य देशका परियोजनाहरूमा समेत लागू भएको छ।