मृत्यु भएका व्यक्ति १३ औं दिनकाे पुण्य तिथिमा टुप्लुक्क आएपछि…

आइतबार, ४ फाल्गुन २०८१

काठमाडौं – अन्तिम संस्कारका सबै विधिहरू पूरा गरिसकेपछि प्रयागराजको महाकुम्भ मेलाको भागदौडपछि हराएका ६० वर्षीय खुन्टी गुरु फेला परेका छन् । पिण्डदान र ब्राह्मण भोजसमेत गरिसकेपछि उनी आफ्नो १३औं पुण्य तिथिको दिन घर फर्किएपछि हलचल मच्चिएको छ । उनले आफू भाँङ खाएर साधुसँग रमाइरहँदा भागदौड मच्चिएको बताएका छन् ।

उनका लागि अन्तिम संस्कारका सबै विधिहरू पूरा भएका थिए, पिण्डदान र ब्राह्मण भोज समेत गरिएका थिए । तर, जब उनी आफ्नो १३औं पुण्य तिथिको दिन घर फर्किए, तब समग्र मोहल्लामा हलचल मच्यो । केही मानिसहरू रिसाएका थिए, केही अचम्भित भएका थिए । तर अन्तिममा सबै खुसीका साथ मिठाइँ बाँड्न थाले ।

२८ जनवरीको दिन खुन्टी गुरु संगममा मौनी अमावस्या स्नानका लागि निस्किएका थिए, तर त्यसपछि उनी हराए । महाकुम्भमा भागदौड मच्चिएपछि उनलाई पनि लापता मानियो र अन्ततः परिवारले उनलाई मृत मान्दै सब कुरा विधिपूर्वक पूरा गरिसकेका थिए ।

जब उनकी आत्मा शान्तिका लागि पिण्डदान र भोजको तयारी भइरहेको थियो, त्यही बेला खुन्टी गुरु मुस्कुराउँदै ई-रिक्शाबाट ओर्लिए र सोधे, ‘के गरिराख्या छौ भाइ ? उनले यसो भानुन्जेल पहिले सबै रिसाए । तर केही समयमै त्यो घटना खुशीमा परिणत भयो र मोहल्लामा मिठाइयाँ बाँड्न थालियो ।