नेपाली विद्यार्थीको अवस्था बुझ्न प्रहरीका वरिष्ठ अधिकारी केआईआईटी विश्वविद्यालयमा
काठमाडौँ – भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा रहेका नेपाली विद्यार्थीहरुको अबस्था बुझ्न नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी विश्वविद्यालय पुगेका छन्।
नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी संजिव शर्मा दास र नबिन अधिकारी मंगलबार बिहानै विश्वविद्यालय पुगेका हुन्।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको दुतावासले जनाएको छ।
कलेजको होस्टलमा पुगेर नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले विद्यार्थीहरूसँग वर्तमान अवस्थाबारे जानकारी लिरहेका छन् ।
दास नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुन् भने अधिकारी राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का सहअनुसन्धान निर्देशक हुन् ।