मुकुम्लुङसँग जोरी नखोज्न चन्द्र ढकाललाई गायक राईको चेतावनी

बिहिबार, ८ फाल्गुन २०८१

काठमाडौँ – चर्चित गायक तथा संगितकार राजेशपाल राईले पाथिभरा माता (मुकुम्लुङ) सँग जोरी नखोज्न चन्द्र ढकाललाई चेतावनी दिएका छन् ।राईले बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पाथिभरा मातासँग जोरी नखोज्न चेतावनी दिएका हुन् ।

पाथिभरा केवलकारका लगानीकर्ता, उद्योग बाणिज्य महासंघका अध्यक्ष केबलकार छोडेर तुइन भएका ठाउँमा पुल बनाई पुन्य कमाउन सल्लाह दिएका छन् ।

‘शिंहदरबार आगालागी, मेलम्चीको पाइप फुट्नु, पोखराको बेलुन बिस्फोट हुनु र हलेसी अ‍ागलागीका घटनाले पाथिभरा रिसाएको संकेत गरेकाले केबलकार छोडेर तुइन भएका ठाउँमा पुल बनाई पुन्य कमाउनु होस्, प्रकृतिको लिलासँग कोही पनि बाच्न सक्दैन चेतना भया ।’