यसकारण देखिन्छ डरलाग्दा सपना
काठमाडौँ – किन देखिन्छ टरलाग्दो सपना ? के हुन्छ यस्तो सपनाको परिणाम ? अनुसन्धानकर्ताहरुले अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्ने गरेको पत्ता लगाएका छन् ।
नराम्रो सपना देख्दा श्वासप्रश्वासमा समस्या आउने, मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुने र छाती दुख्ने समस्या सात गुणा बढ्ने अनुसन्धानकर्ताको निश्कर्ष छ । यस्तो समस्याबाट जोगिन राती ९ बजेअघि नै सुत्नु राम्रो मानिन्छ ।
अनिद्राको समस्या भएका मानिसले नराम्रा सपना देख्छन् । यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना देख्नु मुटुको समस्यासँग पनि गाँसिएको हुन्छ।
केही समयअघि अनुसन्धानकर्ताले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । एक अध्ययनपछि उनीहरूको प्रतिवेदन ‘स्लिप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो।
अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउँछ । गहिरो निद्रामा परेका वेला अरू सबै मांसपेशीले काम नगरे पनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांसपेशीलाई भने असर पार्न सक्छ । त्यसकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र, मानिसले खराब सपना सम्झन्छ।