केटी काण्ड लागेका कर्साबको ५ वर्ष बढुवा रोकियो

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौँ – नेपाली सेनाका लेफ्टिनेट कर्णेल गंगाबहादुर विष्टको बढुवा रोकिएको छ । सैनिक व्याट्ल स्कूलमा कार्यरत हुँदा बिष्टले सैनिक अनुशासन र आचरण उल्लंघन गर्दै यौन दुव्र्यवहार मुद्धामा सैनिक अदालतले दोषी ठहर गरेको थियो । सेनापति अशोकराज सिग्देलले अदालतको फैसला सदर गर्दै पाँच वर्षसम्म बढुवा रोकिएको छ ।

ब्रिगेडियर पवन खत्रीको अध्यक्षतामा गठित सैनिक अदालतले उनलाई दोषी ठहर गरेको थियो । यसबीच रक्षा मन्त्रालयले पहिलो चार वर्षे सेवा अवधि पूरा हुनेबित्तिकै लागू हुने गरी किरण केसी र मानबहादुर महराको म्याद थपेको छ ।

केसी सुदूरपश्चिम पृतना हेडक्वार्टरमा छन् भने महरा सैनिक सचिव विभागमा काम गर्दैछन् । केसीको मंसिर ८ गते पदावधि समाप्त भएको थियो अब २०८२ साल साउन २६ गतेसम्म पदमा कायम रहनेछन् ।

त्यसैगरी, महराको २०८१ मंसिर ३० गते सकिएको पदावधि २०८२ भदौ १५ गतेसम्म कायम भएको छ । एकातिर यी दुई जर्नेलको पदावधि थपिएको छ भने अर्कोतर्फ पदावधि तथा उमेर हदका कारण ५ जना सैनिक अधिकृतले अवकाश पाएका छन् ।