बालेन शाहले ट्रम्पलाई दिएको सुझावले रवि लामिछानेका समर्थक फाएर

शुक्रबार, ९ फाल्गुन २०८१

काठमाडौँ – यता बालेन शाहले स्टाटस् लेख्दा उता रवि लामिछानेका समर्थक रिसाएका छन् । ट्रम्पलाई डिवि बन्द गर्न दिएको सुझावसहितको स्टाटस पछि रवि समर्थकले आफ्नै देशमा रविमाथि भएको अत्याचारबारे नबोलेमा असन्तुष्टि जनाउँदै बालेनको ट्रम्प सुझाव दिने हैसियत नभएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बेला बेला सामाजिक सञ्जालमा आफ्नो धारणा राख्ने गर्छन् । मेयर बालेनको फेजबुक पेजको अन्तिम स्टाटसलले अहिले नेपाल मात्र हैन अमेरिकामा पनि तहल्का पिटीरहेको छ ।
उनले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’

बालेनको स्टाटस अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उनको दाबी छ । उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका छन् ।