पाथिभरा केबलकार निर्माणबाट पछि हट्न चन्द्र ढकाललाई कलाकार मनोज गजुरेलको सुझाव

आइतबार, ११ फाल्गुन २०८१

काठमाडौँ – चर्चित हास्य कलाकार मनोज गजुरेलले पाथिभरा केबलकार निर्माणबाट पछि हट्न चन्द्र ढकाललाई सल्लाह दिएका छन् । गजुरेलले आइतबार सामाजिक संजालमा स्टाटस लेख्दै गजुरेलले प्रसिद्द धार्मिक क्षेत्रमा सुरक्षाकर्मी र जनता घाईते हुनु सुखद संकेत नभएको भन्दै ढकाललाई पछाडि हट्न सल्लाह दिएका हुन् ।

विवाद र बिरोधविच ल्याउने विकासले दीर्घकालिन निकास नदिने भन्दै उनले जनभावनाको कदर गर्न आग्रह गरेका छन् ।

पाथिभरा केवलकारका लगानीकर्ता, उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकाललाई अहिलेलाई एउटा केवलकार नबनेर केही बिग्रिदैन तर शान्ति, सद्भाव र सांस्कृतिक एकता बिग्रियो भने धेरै कुरा बिग्रिने भन्दै यो योजनाबाट पछि फर्किन आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘माता पाथिभारा मुकुम्लुङमा केवलकार निर्माणको बिषयलाई लिएर भईरहेका घटना दुःखद छन् । प्रसिद्द धार्मिक क्षेत्रमा मानिस (सुरक्षाकर्मी र जनता) घाईते हुनु सुखद संकेत होईन । अहिलेलाई एउटा केवलकार नबनेर केही बिग्रिदैन तर शान्ति, सद्भाव र सांस्कृतिक एकता बिग्रियो भने धेरै कुरा बिग्रिन्छ !निर्माण पक्ष पछाडी सर । स्थितिलाई थप बिग्रिन नदेउ । विवाद र बिरोधविच ल्याउने विकासले दीर्घकालिन निकास दिंदैन । जनभावनाको कदर गर ।