यात्रु पाईन छोडेपछि यती एअरलाइन्सले यात्रु तान्न ल्यायो यस्तो अफर
काठमाडौं- यात्रु पाइन छोडेपछि यती एअरलाइन्सले विभिन्न खालका अफरहरु ल्याएको छ ।
एयरलाइन्सले उडान भर्ने यात्रुहरुका लागि क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहारसहितको अफर सार्वजनिक गरेको छ ।
यति एयरलाइन्सका जहाज बारम्बार दुर्घटनामा पर्दा यात्रुहरु त्रसित भएर टिकट बुक गर्न छोडेपछि आकर्षणका लागि एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ् पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट दिन थालेको हो ।
यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिकसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाइल लगेज नेपालको आधिकारिक फेसबुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटको लागि डेलिभरीको समयमा यती एअरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् ।